समाचार

    Showing 24,771-24,780 of 26,051 items.
  • वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा

    रुपन्देही / लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने । यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घो

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 111 पटक पढिएको
  • एक साता भित्र हतियारसहित तीन पक्राउ

    जाजरकोट / जाजरकाेटकाे नलगाड नगरपालिकाबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  नलगाड –१० कोटी सल्लाका ५६ वर्षीय मोहन विक रहेका छन् ।इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड –८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो । 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 139 पटक पढिएको
  • पिकअपको ठक्करबाट एकको मृत्यु

    धरान / सुनसरीको कोशी गाउपालिका –३ जमुवा चोक स्थित पूर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाउपालिका –६ का ३५ वर्षीय राम नाथ मण्डल रहेका छन् ।हिजो दिउसो १२ बजे पश्चिम तर्फ जाँदै गरेको प्र२ –०३–००१ च ३००७ नम्बरको पिकअप ले विपरित दिशाबाट आउँदै गरेको प्र२ –०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक राम नाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो । त्यस्तै मोटरसाइकल पछाडि सवार सप्तरी हनुमान कंकालिनी नगरपालिका –११ का १९

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 92 पटक पढिएको
  • दाजुको हत्या गर्ने दुई जना पक्राउ

    खोटाङ / खोटाङको रूपाकोट मझुवागढी नगरपालिका –३ कांडे का ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक थापका भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा रहेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिँडेका गिरीराज घर नफर्के पछि खोजतलास गर्ने क्रममा हिजो १० गते राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान गर्न थालेको थियो । घटनाको प्रक

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 76 पटक पढिएको
  • खगोल विज्ञानमा अनुसन्धान गर्न सम्झौता

    काठमाडौँ / नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिएका छन् ।सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 112 पटक पढिएको
  • रातु नदीको बाँध भत्किँदा नौ सय घर डुबानमा

    महोत्तरी / अविरल वर्षाका कारण महोत्तरीमा नौ सय घर डुबानमा परेका छन् । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि घरहरू डुबानमा परेका हुन्  ।प्रहरीका अनुसार बलबा नगरपालिका –४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको हो ।महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको जानकारी दिए ।घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको छ । जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको छ । दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो ।

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 85 पटक पढिएको
  • पहिराले कालीगण्डकी करिडोर, भैँसे–भीमफेदी सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध

    काठमाडाैँ / अविरल वर्षाका कारण पहिलो खस्दा कालीगण्डकी करिडोर, मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएका छन् ।  बागलुङ नगरपालिका –१३ पैँयु पाटाको फुर्से खोलामा आएको पहिराका कारण करिडोरको बागलुङ– बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।त्यस्तै मकवानपुरको &

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 86 पटक पढिएको
  • मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु

    मकवानपुर / मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेत रहेका छन् । भीमफेदी गाउँपालिका –१ सानुटारमा फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी ट्रकमा सवार बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरूको हेटौँडास्थि

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 73 पटक पढिएको
  • माैसम शनिबारबाट सुधार हुने

    काठमाडौँ / पछिल्लो केही दिनयतादेखि सक्रिय रहेको मौसम शनिबारबाट सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा  मेघगर्जन सहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।देशका अधिकांश भू–भागमा सामान्यदेख

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 118 पटक पढिएको
  • एकै दिन ८३ फरार अपराधी पक्राउ

    धरान / सुनसरी जिल्ला प्रहरी कार्यालयले एकै दिन (बुधबार) विभिन्न मुद्दाका ८३ जना फरार अपराधीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित व्यक्तिहरू रहेका छन् । पक्राउ परेकाहरूलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।आपराधिक घटनामा संल

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.