महोत्तरी / अविरल वर्षाका कारण महोत्तरीमा नौ सय घर डुबानमा परेका छन् । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि घरहरू डुबानमा परेका हुन् ।
प्रहरीका अनुसार बलबा नगरपालिका –४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको जानकारी दिए ।
घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको छ । जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको छ । दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्केको हो ।