समाचार

    Showing 24,711-24,720 of 26,051 items.
  • खोलाले बगाएका छ जनाको उद्धार

    तनहुँ / तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि  त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार  एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि  जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो । बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको  खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका  प्रहरी नायब

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 90 पटक पढिएको
  • नेटवर्किङ कारोबार : उच्च अधिकारी नै अवैध धन्दामा संलग्न

    बिर्तामोड / नेपालमा अवैध कारोबार गरी सर्वसाधारण ठग्दै आएका नेटवर्किङ कम्पनीको धन्दा जोगाउन पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी सहितको समुह सकृय रहेको पाइएको छ ।प्रहरीले वर्षौ देखि नेटवर्किङ कारोबार विरुद्ध अप्रेसन चलाईरहे पनि यो धन्दा थप मौलाउनुमा प्रहरीकै उच्च अधिकारीको संरक्षण रहेको समेत आरोप लाग्ने गरेको छ  । विगतमा उच्च सरकारी ओहोदामा बसेका नै यो धन्दामा संलग्न रहेको खुलेपछि उनीहरूमाथि सुरु भएको कारवाही पनि असफल हुने सम्भावना वढेर गएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारवाही सुरु गरेपछि प्रहरीकै पूर्व उच्च अधिकारी र सरकारकै उ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 152 पटक पढिएको
  • झापामा एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु

    झापामा / एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन्  ।जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उनले बताएका छन् । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थापन गर्ने गरी काम थालिएको छ”, उनले भने, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थापनमा सहज हुनेछ ।”दुई

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 70 पटक पढिएको
  • पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता

    खोटाङ / दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरवेल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षात्को समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्र

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 122 पटक पढिएको
  • अमेरिमा आँधिमा परी एकै परिवारका तीन नेपालीको मृत्यु

    बिर्तामोड / अमेरिकाको न्यूयोर्क सहरमा आएको आँधिमा परी  एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उनीहरूका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् । आइडा नामक आँधीमा परी उनीहरूको मृत्यु भएको एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले जानकारी दिए । नेपालको सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका वडा नं. –२ जुनवेशी स्थायी घर भएका उनीहरु हाल न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरूलाई पनि प्रभावित पारेको बताउँदै शाहले कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध गर्दै विपत्तिमा

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 99 पटक पढिएको
  • ढुङ्गाले किचेर एकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका –१० सिम्लेमा रहेको सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका –१ का ४४ वर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे हाईड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथीबाट झरेको ढुंगाेले किचदा तामाङ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।तामाङ हाईड्रोपावरमा खाना पकाउने काम गर्ने गरेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 115 पटक पढिएको
  • अवैध धन्दा : रवि लामिछानेका मालिकमाथि कानुनी कारवाही

    काठमाडौँ  / चर्चित पत्रकार रवि लामिछाने व्यवसायीक साझेदार रहेको ग्यालेक्सी फोरके टेलिभिजन ठगी र करछलीको घटनामा मुछिएको छ । टेलीभिजनका संचालक गितेन्द्रबाबु राईको कम्पनीले हजारौं सर्वसाधारणलाई ठगेको र कर छली गरेको सार्वजनिक भएको हो ।नेपालमा गैरकानुनी मानिएको नेटवर्किङ धन्दा चलाएर सर्वसाधारणलाई ठगेको र राईको कम्पनीले चर्को मूल्य लिएर अकुत कमाउने क्रममा कर समेत छलेको पाइएपछि सरकारले कारवाही अघि बढाएको छ । राई मुख्य सञ्चालक रहेको नेचर हब्सले गैरकानुनी कारोबार गर्ने गरेको र ठगी गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेर कागजात जफत गरेको छ ।बस्तुको प्रत्यक्ष बिक्री

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 75 पटक पढिएको
  • पूर्वसचिव श्रीकान्त रेग्मीको निधन

    काठमाडौँ / नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज(बिहिवार) बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।लामो समयसम्म गृहसचिव रहेका उनी कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उनकी श्रीमती र दुई छोरा छन् । छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 289 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

    बिर्तामोड /  प्रहरीले प्रतिबन्धित औषधी सहित फरक फरक स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ रातोहोलीका २७ वर्षीय अनिष श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।उनीहरुलाई बुधवार बेलुका प्रहरीले उनीहरूको कोठाबाट ट्रामाडोल १५८ क्याप्सुल र स्पास्पेन १४ ट्याबलेट सहित पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले मोरङकै रतुवामाई नगरपालिका २ सिजुवाबाट उर्लाबारी १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स  डि एक्स  १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ । सिजुवाबाट नै प्रहरीले मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा  प्रतिबन्धित औषधी स्पासपे

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 173 पटक पढिएको
  • चट्याङ लागेर उदयपुरमा बालकको मृत्यु

    उदयपुर /उदयपुरमा  चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका ८  देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ वर्षीय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको चौरीबाट खेलेर बुधवार बेलुका ७ बजे घर फर्कने क्रममा अविरल वर्षात सँगै परेको चट्याङ लागी उनी अचेत अवस्थामा पुगेका थिए । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.