ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका –१० सिम्लेमा रहेको सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका –१ का ४४ वर्षीय खग प्रसाद तामाङ रहेका छन् । 

OM Sai Pathibhara Hospital

आज दिउसो साढे १ बजे हाईड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथीबाट झरेको ढुंगाेले किचदा तामाङ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ हाईड्रोपावरमा खाना पकाउने काम गर्ने गरेको प्रहरीले जनाएको छ ।