बिर्तामोड / अमेरिकाको न्यूयोर्क सहरमा आएको आँधिमा परी  एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उनीहरूका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् । 

OM Sai Pathibhara Hospital

आइडा नामक आँधीमा परी उनीहरूको मृत्यु भएको एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले जानकारी दिए । 

नेपालको सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका वडा नं. –२ जुनवेशी स्थायी घर भएका उनीहरु हाल न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।

यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरूलाई पनि प्रभावित पारेको बताउँदै शाहले कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध गर्दै विपत्तिमा परेकालाई सहयोगका लागि अपिल समेत गरेका छन् ।

हाल सम्म अमेरिकाको ६ वटा राज्यमा बाढी र घुम्रपात (टोरनाड़ो) का कारण ४५ जनाको मृत्यु भएको जनाइएकोछ ।