उदयपुर /उदयपुरमा  चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका ८  देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ वर्षीय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । 

घर नजिकै रहेको चौरीबाट खेलेर बुधवार बेलुका ७ बजे घर फर्कने क्रममा अविरल वर्षात सँगै परेको चट्याङ लागी उनी अचेत अवस्थामा पुगेका थिए । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु प्रहरीले जनाएको छ ।