झापामा / एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।
जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उनले बताएका छन् । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थापन गर्ने गरी काम थालिएको छ”, उनले भने, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थापनमा सहज हुनेछ ।”
दुई बिघा सार्वजनिक जग्गामा निर्माण थालिएको क्याम्पबाट दमकल, शववाहन, एम्बुलेन्स, बाढी, पहिरो, आगलागी लगायतका विपद् नियन्त्रणका लागि गरिने अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताए। संरचना निर्माणका लागि माटो परीक्षणसमेत गरिएको छ । एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्यलाई तालिमको व्यवस्थापन गर्नेछ ।