समाचार

    Showing 24,241-24,250 of 26,051 items.
  • युवकको हत्याको आरोपमा ४ पक्राउ

    धनगढी / कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (मंगलबार) राति टीकापुर नगरपालिका –१ स्थित सिद्धार्थ होटल नजिकै दुई समुहबीचको भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका –१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ ।पूर्व रिसिबीलाई लिएर दुवै समुहबीच भएको झडपमा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । युवकको हत्यामा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 67 पटक पढिएको
  • प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

    विराटनगर  / प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ ।सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ ।सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गु

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 49 पटक पढिएको
  • मोरङ कारागारमा कैदीबन्दीहरूबीच झडप, ६ घाइते

    विराटनगर / मोरङ कारागार भित्र कैदीबन्दीहरूबीच झडप भएको छ । चौकीदार किरण गुरुङले कैदीबन्दीहरू माथि यातना दिएको भन्दै मंगलबार १० बजे कारागार भित्र दोहोरो झडप भएको हो ।  झडपका क्रममा चौकीदार गुरूङ सहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेका छन् । ज्यान मार्ने उद्योगका कैदी कार्तिक कामतको समूहले चौकीदार गुरुङ प्रशासन विरुद्ध विद्रोह गरेपछि झडप भएको थियो । झडपमा घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकाले उपचारको लागि कोशी अस्पताल लगिएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 135 पटक पढिएको
  • हेलम्बु हत्या प्रकरण : २ जना पक्राउ

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको हेलम्बुमा पसलेको हत्या गरेर भागेका दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका –१ का १९ वर्षीय तेन्जिङ लामा र ३० वर्षीय दावा दोर्जे लामा रहेका छन् ।तेन्जिङ र दोर्जेले गत कार्तिक १८ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित खार्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्साङ्ग लामाको हत्या गरेका थिए । केर्साङ्गको हत्यापछि उनीहरूले एक लाख ५० हजार नगद, रिचार्जकार्ड र थाङ्का लुटेर भागेका थिए ।केर्साङ्ग लामाको हत्यामा संलग्न दुवै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 148 पटक पढिएको
  • कहिल्यै भमरा नबस्ने संसारकै अनौठो फूल !

     एजेन्सी /  बिरुवा हुन्छन् जुन सुन्दर हुन्छन् । फूल हेरेपछि आँखालाई अलग्गै खालको शीतलता प्राप्त हुन्छ र थकान पनि भाग्दछ ।वास्तवमा फूल केवल मानिसलाई मनपर्ने मात्र होइन अन्य जीवलाई पनि निकै लाभदायी हुन्छ । मौरी, पुतली, भमरा लगायतका कीराहरूको लागि त फूल खानाको मुख्य श्रोत नै हो । त्यसैले ढकमक्क फूलेको फूलमा मौरी, पुतली तथा भमराहरू झुम्मिएको देखिन्छ । तर संसारमा एउटा यस्तो फूल छ जसमा कहिल्यै पनि भमरा लगायतका यी कीराहरू बस्दैनन् ।यस फूलमा कहिल्यै बस्दैन भमराकहिल्यै पनि भमरा नबस्ने फूल चम्पा हो । यो फूलबाट विशेष खालको गन्ध निस्किन्छ साथै फूलमा पराग पनि हुँदैन । त्यसैले भमराहरू यो फूलक

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 135 पटक पढिएको
  • प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्नेहरू पक्राउ

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  न्यायपालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । तारा बराललगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै प्रधानन्याधीश जबराको पक्षमा नारा लगाउँदै नेपाल बार प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न खोज्दा नमाने पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 90 पटक पढिएको
  • श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    धरान / सुनसरीको धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप–महानगरपालिका –१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) रहेकी छिन् । गत कार्तिक १८ गते बेलुका छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिइन । घाइते छुङकुलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो ।छुङकुकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 127 पटक पढिएको
  • प्रधान सेनापतिको पदवी ग्रहण गर्न प्रधान सेनापति शर्मा भारत प्रस्थान

    काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि आज दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एक अर्को मुलुकको मानार्थ मारथीको दर्जाबाट सम्मन गर्ने प्रचलन छ । श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलका साथ शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न भारत प्रस्थान गरेका हुन् ।  भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा बुधबार हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 87 पटक पढिएको
  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

    काठमाण्डौँ / प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् ।भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको छ ।नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 83 पटक पढिएको
  • ट्रकको ठक्करबाट युवकको मृत्यु

    मकवानपुर / मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१२ का २० वर्षीय सुशान्त पुडासैनी रहेका छन् । हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्बरको लहरी ट्रकले मंगलबार बिहान ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट पुडासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।मृतक पुडासैनीको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । ट्रकका चालक लमजुङ घर भएका वर्ष ४९ को पूर्णबहादुर भुजेललाई नियन्त्

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.