धरान / सुनसरीको धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप–महानगरपालिका –१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) रहेकी छिन् ।
गत कार्तिक १८ गते बेलुका छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिइन । घाइते छुङकुलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो ।
छुङकुकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।