काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  

न्यायपालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

तारा बराललगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै प्रधानन्याधीश जबराको पक्षमा नारा लगाउँदै नेपाल बार प्रवेश गर्न खोजेका थिए । 

प्रदर्शनकारीलाई रोक्न खोज्दा नमाने पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।