एजेन्सी /  बिरुवा हुन्छन् जुन सुन्दर हुन्छन् । फूल हेरेपछि आँखालाई अलग्गै खालको शीतलता प्राप्त हुन्छ र थकान पनि भाग्दछ

वास्तवमा फूल केवल मानिसलाई मनपर्ने मात्र होइन अन्य जीवलाई पनि निकै लाभदायी हुन्छ । मौरी, पुतली, भमरा लगायतका कीराहरूको लागि त फूल खानाको मुख्य श्रोत नै हो । त्यसैले ढकमक्क फूलेको फूलमा मौरी, पुतली तथा भमराहरू झुम्मिएको देखिन्छ । तर संसारमा एउटा यस्तो फूल छ जसमा कहिल्यै पनि भमरा लगायतका यी कीराहरू बस्दैनन् ।

OM Sai Pathibhara Hospital

यस फूलमा कहिल्यै बस्दैन भमरा

कहिल्यै पनि भमरा नबस्ने फूल चम्पा हो । यो फूलबाट विशेष खालको गन्ध निस्किन्छ साथै फूलमा पराग पनि हुँदैन । त्यसैले भमराहरू यो फूलको नजिकसम्म पनि आउँदैनन् । भमरा मात्र होइन पुतली र मौरी लगायतका कीराहरू पनि यो फूलमा आउँदैनन् ।

चम्पा फूलको विशेषता के भने यसको रूख सँधै हराभरा हुन्छ । फूल हल्का सेतो पहेँलो रङ्गको र सुगन्धित हुन्छ । यो फूल प्रायः हिन्दु संस्कार अन्तर्गत पूजामा प्रयोग गरिन्छ ।

चम्पाको फूलको तेल तथा अत्तर पनि बनाइन्छ । यसको फूल र रुखको उपयोग औषधि बनाउन पनि प्रयोग हुन्छ । चम्पाको बोट वास्तुको दृष्टिले पनि सौभाग्यको प्रतीक मानिन्छ ।