काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । 

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि आज दिल्ली प्रस्थान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एक अर्को मुलुकको मानार्थ मारथीको दर्जाबाट सम्मन गर्ने प्रचलन छ । श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलका साथ शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न भारत प्रस्थान गरेका हुन् ।  

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा बुधबार हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।