समाचार

    Showing 22,091-22,100 of 26,007 items.
  • मोटरसाइकल पुलबाट खस्दा दुई जनाको मृत्यु

    बारा / बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर- २ का ३० वर्षीय मेवाचन्द्र राय यादव रहेको प्रहरीले जनाएको छ । प्र.०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।महागढीमाई नगरपालिका वडा नम्बर- ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको थापाले बताए ।घाइते भएका उनीहरूलाई कलैया अस्पतालमा उपचारका लागि

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 108 पटक पढिएको
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३४ वर्षीय महिलाको मृत्यु

    काठमाडौं / मिनी ट्रकको ठक्करबाट कोटेश्वरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका- ५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राई रहेको प्रहरीले जनाएको छ ।कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा ७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राई सख्त घाइते भएकी थिइन् ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 71 पटक पढिएको
  • आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौँ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइएजीपी) नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालतमा पुगेको विवादको सुनुवाइ आज हुने भएको हो । सरकारले सिंहलाई १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले आफू भन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा ३० जेठका लागि पेसी तोकिएको थियो । आज कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ ।सरकारले पहिलो वरियतामा रहेका एआईजी पोखरेललाई महानिरी

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 74 पटक पढिएको
  • किलोमै २० रुपैयाँले बढ्यो चिनीको मूल्य

    बिर्तामोड / चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगो भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको हो । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको सङ्घकी तथ्यांक अधिकृत ज्योति थापाले बताइन् ।सरकारले आफ्नो स्वामित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापारीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको संघले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 122 पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचन : काठमाडौं १ बाट उम्मेदवारी दिने पूर्वडिआइजी खरेलकाे घाेषणा

    काठमाडौँ / प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्वडिआइजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।खरेलले नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसअघि सामाजिक अभियन्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । प्रतिनिधि सभाको चुनावको मिति टुंगो नलागेपनि सरकारले कात्तिक वा मङ्सिरमा चुनाव गराउने तयारी गरिरहेको छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 73 पटक पढिएको
  • जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    विराटनगर /  सुनसरीको कोशी गाँउपालिका- ५ मा आइतबार जिपले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रीमा सुनसरीको कोशी गाँउपालिका- ७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहेता रहेका छन् । को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 71 पटक पढिएको
  • प्रयोग विहीन अवस्थामा रहेका काठमाडौं महानगरपालिकाको ब्रुमर सञ्चालनमा ल्याइने

    काठमाडौं / काठमाडौं महानगरपालिकाले विगत ५ महिनादेखि प्रयोग विहीन भएका ब्रुमर ३ दिन भित्र सञ्चालनमा ल्याउने भएको छ । चाकल नहुँदा थन्किएर बसेका ब्रुमर महानगरले यसैसाता भित्र सञ्चालनमा ल्याउने भएको हो ।महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खर्चेर ७ वटा ब्रुमर ल्याएको थियो । सो बेला ब्रुमर चालकसँग ३ वर्षको सम्झौता गरिएको थियो । ५ महिनाअघि चालकहरूको सम्झौता अवधि सकिएसँगै ब्रुमर थन्किएर बसेका थिए ।नयाँ चालकको व्यवस्था गरी ती ब्रुमर सञ्चालनमा ल्याउन लागिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिए । ‘तीन दिनमा ब्रुमर सञ्चालनमा आउँछ, चालक राख्ने काम भइरहको छ,’ मेयर साहले भने ।ती &nbs

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 67 पटक पढिएको
  • श्रीमानबाटै बलात्कृत भइन् श्रीमती , दिइन प्रहरीमा उजुरी

    झापा / गुल्मीमा श्रीमानले  इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै श्रीमतीले श्रीमान् विरुद्ध उजुरी दिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका ४ निवासी २४ वर्षीय महिलाले आफ्नै श्रीमान विरुद्ध शनिवार उजुरी दिएकी हुन् ।इलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले पीडित र पीडक दुवैको नाम भने गोप्य राखिएको छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 280 पटक पढिएको
  • मुम्बईबाट नेपाल फर्किएका ३२ वर्षीय युवकको कैलालीमा मृत्यु

    झापा / भारतको मुम्बईबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका- १ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन् । प्रवक्ता जोशीका अनुसार शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्याको अनुसन्धानका लागी सँगै घर फर्किरहेका खडकबहादुर शाह , कृष्णबहादुर शाह  र पदम साउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक शाहका आफन्तले भने भारतबाट फर्किँदा उन

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 66 पटक पढिएको
  • भक्तपुरमा ५१ वर्षीय पुरुषको शव फेला

    काठमाडौँ / भक्तपुरको मध्यपुर थिमी नगरपालिका - ८ बोडेमा एक पुरुषको शव फेला परेको छ ।बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्याण साहु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।उनका अनुसार साहुको हत्या भएको आशङ्कामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको  छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.