काठमाडौं / उद्योग मन्त्रालयले एलपी ग्यासको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार बजारमा देखिएको समस्या मुख्यतः कृत्रिम अभाव र कालोबजारीका कारण उत्पन्न भएको हो। मन्त्रालयले ग्यासको कालोबजारी तथा अनियमितता नियन्त्रणका लागि नेपाल आयल निगमसँग समन्वय गरी निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यस क्रममा भक्तपुरबाट कालोबजारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी पनि दिएको छ।

ग्यासको अभाव देखाएर कृत्रिम संकट सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनियमित गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयका अनुसार ग्यास आयात नियमित रूपमा भइरहेकाले बजारमा आवश्यक परिमाणमा ग्यास उपलब्ध छ।

यस्तो अवस्थामा आपूर्ति प्रणालीलाई सहज बनाउन सरकार, व्यवसायी र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र हालका लागि एक परिवारले एक पटकमा एक सिलिन्डर मात्र खरिद गर्न मन्त्रालयले अनुरोध गरेको छ।

सबै पक्षले संयम र जिम्मेवारीका साथ व्यवहार गरेमा केही दिनभित्र ग्यास वितरण प्रणाली पूर्ण रूपमा सहज हुने मन्त्रालयले विश्वास व्य