झापा / गुल्मीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै श्रीमतीले श्रीमान् विरुद्ध उजुरी दिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका ४ निवासी २४ वर्षीय महिलाले आफ्नै श्रीमान विरुद्ध शनिवार उजुरी दिएकी हुन् ।
इलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए । प्रहरीले पीडित र पीडक दुवैको नाम भने गोप्य राखिएको छ ।