काठमाडौँ / प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्वडिआइजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खरेलले नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसअघि सामाजिक अभियन्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
प्रतिनिधि सभाको चुनावको मिति टुंगो नलागेपनि सरकारले कात्तिक वा मङ्सिरमा चुनाव गराउने तयारी गरिरहेको छ ।