झापा / भारतको मुम्बईबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका- १ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन् । 

प्रवक्ता जोशीका अनुसार शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्याको अनुसन्धानका लागी सँगै घर फर्किरहेका खडकबहादुर शाह , कृष्णबहादुर शाह  र पदम साउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

मृतक शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरूले गरगहना र नगद चोरी गरेको ल्याएको र भागबन्डामा कुरा नमिलेपछि हत्या  भएको हुनसक्ने बताए ।