काठमाडौं / काठमाडौं महानगरपालिकाले विगत ५ महिनादेखि प्रयोग विहीन भएका ब्रुमर ३ दिन भित्र सञ्चालनमा ल्याउने भएको छ । चाकल नहुँदा थन्किएर बसेका ब्रुमर महानगरले यसैसाता भित्र सञ्चालनमा ल्याउने भएको हो ।
काठमाडौं / काठमाडौं महानगरपालिकाले विगत ५ महिनादेखि प्रयोग विहीन भएका ब्रुमर ३ दिन भित्र सञ्चालनमा ल्याउने भएको छ । चाकल नहुँदा थन्किएर बसेका ब्रुमर महानगरले यसैसाता भित्र सञ्चालनमा ल्याउने भएको हो ।
महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खर्चेर ७ वटा ब्रुमर ल्याएको थियो । सो बेला ब्रुमर चालकसँग ३ वर्षको सम्झौता गरिएको थियो । ५ महिनाअघि चालकहरूको सम्झौता अवधि सकिएसँगै ब्रुमर थन्किएर बसेका थिए ।नयाँ चालकको व्यवस्था गरी ती ब्रुमर सञ्चालनमा ल्याउन लागिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिए । ‘तीन दिनमा ब्रुमर सञ्चालनमा आउँछ, चालक राख्ने काम भइरहको छ,’ मेयर साहले भने ।ती ब्रुमर हाल धुलाम्य अवस्थामा राष्ट्रिय सभागृहमा राखिएको छ । हाल महानगरसँग १० वटा हाराहारीमा ब्रुमर रहेको छ । सो मध्ये ३ वटा ब्रुमर टेकुस्थित ट्रान्सफर्मर स्टेसनमा राखिएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.