काठमाडौँ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइएजीपी) नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालतमा पुगेको विवादको सुनुवाइ आज हुने भएको हो । 

सरकारले सिंहलाई १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले आफू भन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

OM Sai Pathibhara Hospital

सो रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा ३० जेठका लागि पेसी तोकिएको थियो । आज कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।

एआईजी पोखरेलले आफू वरिष्ठ एआईजी हुँदाहुँदै सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेका छन् ।