समाचार

    Showing 22,071-22,080 of 26,007 items.
  • बालिकालाई अपहरण गरि शरीर बन्धक बनाएको आरोपमा एक पक्राउ

    झापा / नवलपरासीमा १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारी रहेका छन् । बालिकालाई अन्सारीले ०७८ चैत २८ गतेदेखि ०७९  जेठ २९ गतेसम्म बर्दघाट नपा-१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अन्सारीलाई गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रेमबहादुर शाहीले बताए । 

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 63 पटक पढिएको
  • महोत्तरीमा नम्बर नखुलेको पिकअपले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

    झापा / महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका- ३ मा सोमबार राति अटोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका- ३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ । बर्दिबास नपा- ३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नं को अटोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेर

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 73 पटक पढिएको
  • २४ वर्षीय युवतीलाई होटलमा सामूहिक बलात्कार गर्ने चार पक्राउ

    काठमाडौं  / काठमाडौंमा २४ वर्षीय युवतीलाई होटलमा लागी सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्धस्थित लुङ्ता गेष्टहाउबाट ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए । प्रवक्ता मैनालीका अनुसार होटल सञ्चालक शेर

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 106 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / इलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरूमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । इलामको रोङ गाउपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आँउदै गरेको मे १ त ४४७८ नम्बरको  ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सूर्योदय नगरपालिका- १२ का  २९ वर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो । यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे  मे १ त ७४३१ नम्

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 113 पटक पढिएको
  • संसद् बैठक सुरु, आज नौ मन्त्रीले जवाफ दिने

    काठमाडौं  / प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।आज मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जनाएको छ । युवा मन्त्री, शहरी विकास, कृषि, शिक्षा, उद्योग, पर्यटन, परराष्ट्र, खानेपानी र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।सोमबार मन्त्रालयगत शीर्षकमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५ जना सांसदले संसद्को जारी छलफल स्थगित गर्दै रासायनिक मल उपलब्ध गराउनेबारे जरुरी महत्वको प्रस्ताव पेश गरेको थियो।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 56 पटक पढिएको
  • अष्ट्रेलिया विश्वकपमा छनौट भए सँगै ३२ मध्ये ३१ टिमको टुंगो लाग्यो

    एजेन्सी / यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट खेलमा पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो । जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने । उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाउँदै टोलीलाई विश्वकपमा पुर्‍याए । यो सँगै हाल सम्म विश्वकपमा

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 61 पटक पढिएको
  • काठमाडौंका लागि उडेको जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    भैरहवा / कुवेतबाट काठमाडौंको लागि उडान भरेको जजिरा एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार मौसममा खराबी आउँदा जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको हो । मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको र ६ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरिसकेको दाहालले बताए । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमब

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 95 पटक पढिएको
  • भ्रष्टाचारको आरोपमा सेफ नेपालका अध्यक्ष यादवविरुद्ध मुद्दा दर्ता

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सेफ नेपालका अध्यक्ष रामनरेश राय यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर –५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्नेक्रममा एक लाख ७२ हजार २४० रुपियाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी सरकारी सम

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 68 पटक पढिएको
  • आईजीपी नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनवाइ असार ५ गते

    झापा / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्ध रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाएको भन्दै सर्वोच्च पुगेका थिए । उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुईपटक सुनुवाइ भइसकेको छ । अन्तिम सुनुवाइका लागि ३० जेठका लागि मिति तोकिएको थियो । सो

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 87 पटक पढिएको
  • बिर्तामोडमा बोलेरो र हात्तिगाडी एक आपसमा ठोकिँदा चार जना घाइते

    बिर्तामोड / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल अगाडि सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा१५च८९६ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको ग३च५३८९ नम्बरको हात्तिगाडी एक आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका चारै जनाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाकाे  विवरण आउन बाँकी...

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.