झापा / सुनसरी बराहक्षेत्र वडा नं ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो, जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।सुनसरी बराहक्षेत्र वडा नं १० प्रकाशपुर बस्ने १९ वर्षीय प्रीति लिम्बू घटना भएकै दिन सुनसरीको महेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । पक्राउ परेपछि उनीमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।त्यसपछि मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्र
बिर्तामोड / प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका- ६ मोतिगडाका ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा २६ प ३६३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्था लगायत संस्था सञ्चालन गर्दै आएको छ । भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगर प
काठमाडौँ / आज बिहान काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको थियो । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजन्ती पासवान रहेको प्रहरीले जनाएको छ । प्रहरीले सिसिटिभी फुटेजका आधारमा पासवानलाई पक्राउ गरिएको बताएको छ । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको हो । उक्त शङ्कास्पद बस्तु प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।
काठमाडौँ / काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने–‘गौशालाका डीएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ, अनुसन्धान गर्दै छौँ ।’घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको छ । पर्चामा लेखिएको छ–‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् तपाईंको सहयोगले हाम्रो देश र जनतालाई ठुलो प्रगति हुनेछ भन्ने आश हो । यहाँ आरडिएक्स बारुदको बम राखिएको छ सावधान रहनुहोला ।’ शङ्कास्पद बस्तु डिस्
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् ।प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटाली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।
काठमाडौं / काठमाडौंको सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको र अहिले महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ,’ उनले भने । नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताइएको छ ।
काठमाडौँ / नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा नियुक्त गरेको छ । संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । सन् २०१५ बाट राष्ट्रिय टोलीमा छिरेका श्रेष्ठ नेपालले खेलेका पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा भाग लिएका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए । काठमाडौंमा भर्खरै सम्पन्न सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासन भंग गरेको आरोपमा थापा कप्त
झापा / १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायका अनुसार घटना शुक्रबार मध्य रातिको हो । डीएसपी रायका अनुसार उनीहरूले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’ को पोस्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।फिल्मको वितरक नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोस्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.