बिर्तामोड / प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका- ६ मोतिगडाका ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा २६ प ३६३८ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।