काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले संगठनभित्रको नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी मुख्यालयले बिहीबार निर्णय गर्दै विभिन्न बाहिनी, गण, विभाग तथा तालिम प्रतिष्ठानमा कार्यरत एसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।

सरुवा सूचीअनुसार नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा कार्यरत एसपी मनोज थापा नं. ३ गहेश्वरी बाहिनी मुख्यालय, सुर्खेतमा सरुवा भएका छन्।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत दिपेन्द्र कुँवर लाई नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलाली पठाइएको छ भने नं. ३७ रिजर्भ गण मुख्यालय, लमही (दाङ) मा कार्यरत अर्जुन खत्री लाई नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरको जिम्मेवारी दिइएको छ।

त्यसैगरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत गगन श्रेष्ठ लाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारमा कार्यरत तीर्थबहादुर थापा लाई नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी पठाइएको छ।

यस्तै, मानवस्रोत विभागमै कार्यरत राजु गौतम लाई नं. ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही सरुवा गरिएको छ भने पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा कार्यरत टोपबहादुर डाँगी लाई प्रधान कार्यालयको मानवस्रोत विभागमा ल्याइएको छ।

मुख्यालयका अनुसार यो सरुवा संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, जनशक्ति व्यवस्थापनलाई सुदृढ तथा प्रशासनिक सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको नियमित प्रक्रिया हो। सरुवामा परेका अन्य एसपीहरूको विवरण मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार लागू हुनेछ।