काठमाडौं / काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’ को पोस्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको वितरक नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोस्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।