काठमाडौँ / आज बिहान काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको थियो । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजन्ती पासवान रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले सिसिटिभी फुटेजका आधारमा पासवानलाई पक्राउ गरिएको बताएको छ । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको हो । उक्त शङ्कास्पद बस्तु प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।