काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्था लगायत संस्था सञ्चालन गर्दै आएको छ । भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।