काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् ।प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटाली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।