झापा / १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी दीपक रायका अनुसार घटना शुक्रबार मध्य रातिको हो । डीएसपी रायका अनुसार उनीहरूले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।