काठमाडौँ / नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा नियुक्त गरेको छ । संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सन् २०१५ बाट राष्ट्रिय टोलीमा छिरेका श्रेष्ठ नेपालले खेलेका पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा भाग लिएका छन् ।

OM Sai Pathibhara Hospital

नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।

काठमाडौंमा भर्खरै सम्पन्न सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासन भंग गरेको आरोपमा थापा कप्तानबाट हटाइएका थिए ।