काठमाडौं / काठमाडौंको सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको र अहिले  महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ,’ उनले भने । नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताइएको छ ।