समाचार

    Showing 19,091-19,100 of 25,965 items.
  • चारआलीबाट अवैध सुपारी बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका वडा -१३ चारआलीबाट प्रहरीले अवैध ६१ बोरा सुपारी सहित एउटा पिकअप भ्यानलाई चारआलीमा नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी चारआलीको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस बिल नभएको अन्दाजी २८५० किलोग्राम १० लाख ८३ हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रण लिएको हो । उक्त सुपारी र पिकअप गाडी चालक मोरङको उर्लाबारी नगरपालिका वडा नं ७ का १९ वर्षीय  आकाश धिमाललाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी स्थित सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाए

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 156 पटक पढिएको
  • अदालत म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा

    काठमाडौं / एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छिन् । जिल्ला अदालत, काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको  हो । प्रहरीका अनुसार प्रमाण लाप गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीको आधारमा उनलाई बुधबार बिहान पक्राउ गरिएकी उनलाई छाडिएको उनले बताए । झारखण्डविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ।  जिल्ला प्रहरी परिसर

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 116 पटक पढिएको
  • भन्सार छली गरि ल्याउँदै गरेको अवैध सामाग्री बरामद

    बिर्तामोड / भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली गरि ल्याउँदै गरेको २ लाख ७० हजार ३५० रुपैयाँको सामाग्री प्रहरीले बरामद गरेको छ ।  झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ पूर्व पश्चिम लोकमार्ग स्थित भन्सार गेट अगाडि चेकिङ गर्ने क्रममा प्रहरीले उक्त मूल्य बराबरको  सामाग्री फेला पारि बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले सिलिगुडीदेखि काठमाडौँ चल्ने WB19L6161 नम्बरको बसलाई चेक जाँच गर्दा गाडी छोप्ने कभर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, जुत्ता ९ जोर, चपल ३ जोर जिन्स पेन्ट १ पिस, सर्ट ३ पिस, नाईटि १२ पिस, ट्राउजर १ पिस, लेड

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 234 पटक पढिएको
  • समसामयिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । आज अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए । ‘समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको हो, खास कार्यसूची छैन,’ उपसभापति अर्यालले भने । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारीभइरहेको पनि रास्वपाका नेताले बताएका छन् । पार्टीले मङ्सिरमा पहिलो महाधिव

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 102 पटक पढिएको
  • आदिवासी जनजाति समन्वय परिषद भद्रपुरको भेला सम्पन्न

    बिर्तामोड / नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद भद्रपुरको भेला सम्पन्न सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाले सूचिकृत गरेको १७ वटा जनजातिहरूको  भेला आज भद्रपुर नगरपालिका -५ को सभाहलमा सम्पन्न भएको हो ।  (९ अगष्ट) गते २९ औं विश्व आदिवासी दिवस  मनाउने विषयमा भेलाको आयोजना गरिएको परिषदका उपाध्यक्षले जानकारी दिएका छन् । भेलाले साउन २४ मा झापाको कमल गाउपालिका -५ मा पर्ने सितापुरीमा  २९ औं विश्व आदिवासी दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ । भद्रपुर नगरपालिका भरिका १७ वटै जातजातिले आ आफ्नो भेष भुषा र ब्यानर सहित कार्यक्रममा उपस्थिति जनाउने बताइएको छ । कार्यक्रममा प्रमुख अ

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 127 पटक पढिएको
  • विराटनगरका रोहित चौधरीको हत्या गरेको आरोपमा २ जना पक्राउ

    बिर्तामोड / विराटनगर महानगरपालिका- ५ का रोहित चौधरीको  गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका -१ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान -१४ का ३४ वर्षीय अनसन तामाङ रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरू सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् ।गत साउन ५ मा चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाको साथबाट पेस्तोल, गोली लगायतको वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।मृतक चौधरीमाथि  धरान इटहरी सडक खण्डक

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 154 पटक पढिएको
  • चितवनमा रविले ल्याए महिलाहरुका लागि निःशुल्क बस सेवा

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनमा ल्याएको बताएका छन् ।“मलाई थाहा छ बस सञ्चालन संघीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन”, उनले भने,“तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ ।”सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुस

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 125 पटक पढिएको
  • अधिवक्ता भगवती पाण्डे शीतल पक्राउ

    काठमाडौं / अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो । अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डीएसपी अधिकारीले बताए । 

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 161 पटक पढिएको
  • बुद्धशान्तिमा रहेको भागीरथा बुद्धशान्ति अस्पताललाई शव वाहन हस्तान्तरण

    बिर्तामोड / झापाको बुद्धशान्तिमा पहिलो पटक  शव वाहन सञ्चालनमा आएको छ । मृत्युपछि  अस्पतालबाट शव घर सम्म ल्याउन वा  अन्तिम संस्कारका लागि घरबाट घाट सम्म पुर्‍याउन अहिलेसम्म शव वाहन थिएन । स्थानीय युवाहरूको  सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमको आयोजना गरि शव वाहन गाउँपालिकालाई हस्तान्तरण छ । पालिकालाई शव वाहन हस्तान्तरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष अनिल वाग्लेले बुद्धशान्तिमा शव वाहनको आवश्यकता महसुस गर्दै शव वाहन खरिद गरिएको बताए । यो शव वाहनले बुद्धशान्ति गाउपालिका , रोङ गाँउपालिका , मेचीनगर नगरपालिका , अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा सेवा

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 300 पटक पढिएको
  • रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गर्दै प्रहरी 

    काठमाडौं / नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी रोहित चौधरीको हत्या आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रोहितको साउन ५  गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्या

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.