बिर्तामोड / नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद भद्रपुरको भेला सम्पन्न सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाले सूचिकृत गरेको १७ वटा जनजातिहरूको  भेला आज भद्रपुर नगरपालिका -५ को सभाहलमा सम्पन्न भएको हो ।  (९ अगष्ट) गते २९ औं विश्व आदिवासी दिवस  मनाउने विषयमा भेलाको आयोजना गरिएको परिषदका उपाध्यक्षले जानकारी दिएका छन् ।

 भेलाले साउन २४ मा झापाको कमल गाउपालिका -५ मा पर्ने सितापुरीमा  २९ औं विश्व आदिवासी दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ । भद्रपुर नगरपालिका भरिका १७ वटै जातजातिले आ आफ्नो भेष भुषा र ब्यानर सहित कार्यक्रममा उपस्थिति जनाउने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा  नागरिक उड्यन मन्त्री सुदन किरातीको उपस्थिति रहने जनजाति महासंघ समन्वय परिषद भद्रपुरका सदस्य सचिव बसन्त राजवंशीले जानकारी दिएका छन् ।