बिर्तामोड / भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली गरि ल्याउँदै गरेको २ लाख ७० हजार ३५० रुपैयाँको सामाग्री प्रहरीले बरामद गरेको छ ।  झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ पूर्व पश्चिम लोकमार्ग स्थित भन्सार गेट अगाडि चेकिङ गर्ने क्रममा प्रहरीले उक्त मूल्य बराबरको  सामाग्री फेला पारि बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले सिलिगुडीदेखि काठमाडौँ चल्ने WB19L6161 नम्बरको बसलाई चेक जाँच गर्दा गाडी छोप्ने कभर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, जुत्ता ९ जोर, चपल ३ जोर जिन्स पेन्ट १ पिस, सर्ट ३ पिस, नाईटि १२ पिस, ट्राउजर १ पिस, लेडिज ब्याग ३ पिस, हाफपाइन्ट १८ पिस, जम्पट १ पिस, भेष्ट ५ पिस, विजुली तार ५ रोल, गाडीको हर्न ३७ पिस, गाडीको एयार प्रो ६ पिस र  कमोडल १ काटुन लगायतका सामाग्री बरामद गरेको हो । बरामद भएको उक्त  सामाग्रीलाई कारबाहीका लागी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।