काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । आज अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए ।

‘समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको हो, खास कार्यसूची छैन,’ उपसभापति अर्यालले भने । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारीभइरहेको पनि रास्वपाका नेताले बताएका छन् । पार्टीले मङ्सिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।

OM Sai Pathibhara Hospital