बिर्तामोड / विराटनगर महानगरपालिका- ५ का रोहित चौधरीको  गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका -१ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान -१४ का ३४ वर्षीय अनसन तामाङ रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरू सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् ।

गत साउन ५ मा चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाको साथबाट पेस्तोल, गोली लगायतको वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मृतक चौधरीमाथि  धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर  घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका  क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।