बिर्तामोड / झापाको मेचीनगर नगरपालिका वडा -१३ चारआलीबाट प्रहरीले अवैध ६१ बोरा सुपारी सहित एउटा पिकअप भ्यानलाई चारआलीमा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चारआलीको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस बिल नभएको अन्दाजी २८५० किलोग्राम १० लाख ८३ हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रण लिएको हो । 

OM Sai Pathibhara Hospital

उक्त सुपारी र पिकअप गाडी चालक मोरङको उर्लाबारी नगरपालिका वडा नं ७ का १९ वर्षीय  आकाश धिमाललाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी स्थित सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।