बिर्तामोड / झापाको बुद्धशान्तिमा पहिलो पटक  शव वाहन सञ्चालनमा आएको छ । मृत्युपछि  अस्पतालबाट शव घर सम्म ल्याउन वा  अन्तिम संस्कारका लागि घरबाट घाट सम्म पुर्‍याउन अहिलेसम्म शव वाहन थिएन । स्थानीय युवाहरूको  सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमको आयोजना गरि शव वाहन गाउँपालिकालाई हस्तान्तरण छ ।

पालिकालाई शव वाहन हस्तान्तरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष अनिल वाग्लेले बुद्धशान्तिमा शव वाहनको आवश्यकता महसुस गर्दै शव वाहन खरिद गरिएको बताए । यो शव वाहनले बुद्धशान्ति गाउपालिका , रोङ गाँउपालिका , मेचीनगर नगरपालिका , अर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने बताइएको छ । करिव ५ वर्ष अघिबाट शव वाहन खरिद गर्ने उद्देश्य राखेर महोत्सव , सामाजिक कार्यक्रम गरि, साथै बुद्धशान्ति गाउपालिका , देश तथा विदेशमा रहेका मानिसहरूको सहयोगबाट शव वाहन खरीद गरिएको हो ।

OM Sai Pathibhara Hospital

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पालिका अध्यक्ष प्रसाईले शव वाहन खरिद गर्न सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यबाद दिएका छन् । शव वाहन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष जनप्रतिनिधि संस्थाका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको संस्था सचिव गोकुल पौडेलले जानकारी दिए । शव वाहनले बुद्धशान्ति गाउपालिका अन्तरगतको भागीरथा बुद्धशान्ति अस्पतालमा रहेर सेवा प्रदान गर्ने छ ।