काठमाडौं / एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छिन् । जिल्ला अदालत, काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको  हो । 

प्रहरीका अनुसार प्रमाण लाप गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन । त्यसपछि दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीको आधारमा उनलाई बुधबार बिहान पक्राउ गरिएकी उनलाई छाडिएको उनले बताए । झारखण्डविरूद्ध जाहेरी अनुसारकै मुद्दा भने चल्नेछ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुङ्गेलका अनुसार ‘हिरासतमा नराख्ने भनिएको हो । मुद्दा चल्छ । आरोपी बाहिरै बसेर मुद्दा लड्नुहुन्छ,’ एसपी ढुङ्गेलले उनले भने