काठमाडौं / नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी रोहित चौधरीको हत्या आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  रोहितको साउन ५  गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो तीन बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गरिने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।