काठमाडौं / जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र सङ्खुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका रहेका छन् । तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका उनीहरु आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उ
काठमाडौँ / युवतीसँगको अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बाहिरिएपछि विवादमा तानिएका दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको ठाउँमा गणेशराज कार्की आउने भएका छन् । कार्की तारकेश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत हुन् । विवादित निरौलालाई भने सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ ।
काठमाडौँ / पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज बुधबारदेखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर
काठमाडौँ / नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । टेलिकमका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो ।
बिर्तामोड / बिर्तामोडका सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । नक्कली कागजपत्र बनाइ उनीहरूले विगत केही समययता बिर्तामोडका बिभिन्न स्थानमा माग्दै आएका थिए । राजस्थान घर बताउने भारतीय नागरिक बसपार्कको एक होटेलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । मंगलबार दिउँसो सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरूको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए । बसपार्कको एक होटेलमा डेरा गरी बसेको फेला प
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बङ्गलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भ
झापा / रोल्पामा मंगलबार दिउँसो भएको बस दुर्घटना परि १५ जना घाइते भएका छन् । घाइतेहरु मध्ये भने तीन जनाको अवस्था गम्भीर छ । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै दुर्घटना भएको हो ।जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम सारू मगरका अनुसार घाइतेहरूलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिकाले बेरुजु रकम धेरै आएका कारण २६ करारका कर्मचारीलाई कामबाट निकालेको छ । कर्मचारी बढी हुँदा बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको पालिका उपाध्यक्ष अमृताकुमारी गच्छदार बताइन् । यता करारका कर्मचारी भने यतिबेला आन्दोलित बनेका छन् । गाउँपालिकाले सम्झौता नवीकरण नगरेपछि कामबाट निकालिएका करारका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूलाई पुनर्बहालीको माग राख्दै मङ्गलबारदेखि सुरु गरेका छन् । मंगलबार आन्दोलनमा उत्रिएका कर्मचारीले कार्यालयको गेटमा तालाबन्दी गरेर प्रदर्शन गरेका छन् ।तालाबन्दीका
फुङलिङ / विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा ग
बिर्तामोड / धरानबाट झापाको काँकडभिट्टातर्फ आउदैँ गरेको मे १ ख २७४० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको छ । तरहराको होम्स नजिकै भएको दुर्घटनामा तीव्र गतिमा धरान तर्फबाट आइरहेको बस सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा १४ जना यात्रु घाइते भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरी का
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.