झापा / रोल्पामा मंगलबार दिउँसो भएको बस दुर्घटना परि १५ जना घाइते भएका छन् ।  घाइतेहरु मध्ये भने तीन जनाको अवस्था गम्भीर छ । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम सारू मगरका अनुसार घाइतेहरूलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।