काठमाडौँ  / नेपाल टेलिकमले दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । टेलिकमका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो ।