काठमाडौँ /  युवतीसँगको  अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बाहिरिएपछि विवादमा तानिएका दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको ठाउँमा गणेशराज कार्की आउने भएका छन् ।

 कार्की तारकेश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत हुन् । विवादित निरौलालाई भने सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ ।