समाचार

    Showing 16,571-16,580 of 25,875 items.
  • नेपाल र साउदीबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौंः प्रश्तावित राजदुत ढकाल

    काठमाडौं- साउदी अरबका लागि प्रश्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन् । आज संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रश्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताएका हुन् । उनले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताए । साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अ

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 359 पटक पढिएको
  • रुसी सेनामा रहेका नेपालीलाई फर्काउन पहल गर्छुः प्रश्तावित राजदुत चौहान

    काठमाडौं- रूसका लागि प्रश्तावित राजदुत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई नेपाल फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका छन् । संसदीय सुनुवाई समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका हुन् । आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको उनले बताए । उनले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरुसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने जिकिर गरे । नेपाली नागरिक विचौलिया मार्फत व

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 422 पटक पढिएको
  • कृषि र प्रविधिमा लगानी भित्र्याउन पहल गर्छुः प्रश्तावित राजदुत तुम्वाहाङ्फे

    काठमाडौं- दक्षिण कोरियाका लागि प्रश्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छन् । आज संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताएकी हुन् । त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्ने भन्दै उनले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 432 पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    काठमाडौं–टोखा नगरपालिका–९ दिपज्योतीस्थित होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा २५ वर्षीय राज कुमार लामासहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ‚ ६ बुक तास र १२ थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 307 पटक पढिएको
  • वैदेशिक रोजगारको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं–वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारेर न्युजिल्याण्ड र उज्वेकिस्तानमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–६ का ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका–२ का ४३ वर्षीय मान बहादुर चौधरी छन् । बुद्धले ७ जना पीडितबाट १० लाख र मान बहादुरले ६ जना पीडितबाट १२ लाख ५० हजार रूपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए । प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट बुद्धलाई धुलिखेल र मान बहादुरलाई गोंगबुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशि

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 400 पटक पढिएको
  • सार्वजनिक बिदा भन्दै गलत सूचना फैलाएपछि...

    काठमाडौं–सार्वजनिक बिदा भएको भन्दै गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवनका एसपी भावेश रिमालले सोधपुछ भइरहेको जानकारी दिँदै‚ थप विवरण पुष्टि गर्नुपर्ने भएकाले व्यक्ति विशेषको विवरण सार्वजनिक गर्न नसकिने बताए । आज १९ भदौमा गृहमन्त्रालयको लेटरहेडबाट पुरानो सूचनामा मिति परिवर्तन गरेर सार्वजनिक बिदा भएको भन्दै भ्रम फैलाइएको थियो । गलत सूचना फैलाएपछि प्रहरीको साइबर ब्यूरोले पनि खोजी गरिरहेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 440 पटक पढिएको
  • तीन महिनापछि सुकिलुम्बा विमानस्थल सञ्चालन हुँदै

    काठमाडौं–इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तीन महिनापछि बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द भएको विमानस्थलमा हवाई उडान पुनः सुरु हुन लागेको हो । इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले विमानस्थलबाट साताको प्रत्येक बिहीबार उडान हुने जानकारी गराए ।गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले अन्तिम उडान भरेयता उडान हुन सकेको थिएन । त्यसपछि‚ जेठ १७ गते उडेको जहाज अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्केको थियो । अब भने हरेक बिहीबार उडान हुने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 655 पटक पढिएको
  • जनयुद्ध हिंसा भए झापा विद्रोह पनि हिंसा नै हो त ?

    ने‌कपा माओ‌वादीले‌ १० वर्षसम्म गर‌े‌को‌ सशस्त्र जनयुद्धलाई हे‌र्ने दुष्टिको‌णबार‌े‌ के‌ही दिनयता चर्को बहस भइर‌हे‌को‌ छ । २०५२ फागुन १ गते‌ शुरु भएर‌ ०६३ मंसिर‌ ५ गते‌ विस्तृत शान्ति सम्झौ‌ता मार्फत अन्त्य भएको‌ जनयुद्धका विषयमा यतिबे‌ला र‌ाष्ट्रिय स्तर‌मै‌ बहस शुरु भएको‌ हो‌ ।माओ‌वादी आन्दो‌लनलाई अवमूल्यन गर्नेहरु जनयुद्धलाई ‘हिंसा’ भन्छन् भने‌ व्यवस्था परि‌वर्तनका लागि आन्दो‌लनमा सहभागी भएका र‌ परि‌वर्तन पक्षधर‌हरु  माओ‌वादी सशस्त्र आन्दो‌लनलाई ‘महान जनयुद्ध’ भन्छन् । शुरुदे‌खि नै‌ माओ‌वादीप्रति आलो‌चनात्मक धार‌णा र‌ाख्ने‌ एमाले‌ अध्यक्ष एवम् प्रधानमन्त्री के‌पी शर्मा ओ‌ली एमाले‌ र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 2,302 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती गण्डकी

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 350 पटक पढिएको
  • टीआरसी ऐन विरुद्ध सर्वोच्चमा रिट, ऐन पिडकमैत्री भएको आरोप

    काठमाडौं- हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।संक्रमणकालीन न्यायसम्बन्धी ऐन ३० साउनमा प्रतिनिधिसभाले, ६ भदौमा राष्ट्रियसभाले पारित गरेको थियो भने १३ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त ऐनमा मानब अधिकारको उलंघनलाई ‘गम्भीर र सामान्य’ भनेर परिभाषित गरिएको र यसले पीडक उन्मुक्तिको बाटो खुलेको रिट निवेदकको जिकिर गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 567 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.