काठमाडौं–टोखा नगरपालिका–९ दिपज्योतीस्थित होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा २५ वर्षीय राज कुमार लामासहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ‚ ६ बुक तास र १२ थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।