काठमाडौं–सार्वजनिक बिदा भएको भन्दै गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवनका एसपी भावेश रिमालले सोधपुछ भइरहेको जानकारी दिँदै‚ थप विवरण पुष्टि गर्नुपर्ने भएकाले व्यक्ति विशेषको विवरण सार्वजनिक गर्न नसकिने बताए ।

आज १९ भदौमा गृहमन्त्रालयको लेटरहेडबाट पुरानो सूचनामा मिति परिवर्तन गरेर सार्वजनिक बिदा भएको भन्दै भ्रम फैलाइएको थियो । गलत सूचना फैलाएपछि प्रहरीको साइबर ब्यूरोले पनि खोजी गरिरहेको छ।