काठमाडौं–इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तीन महिनापछि बिहीबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द भएको विमानस्थलमा हवाई उडान पुनः सुरु हुन लागेको हो । इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले विमानस्थलबाट साताको प्रत्येक बिहीबार उडान हुने जानकारी गराए ।

OM Sai Pathibhara Hospital

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले अन्तिम उडान भरेयता उडान हुन सकेको थिएन । त्यसपछि‚ जेठ १७ गते उडेको जहाज अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्केको थियो । अब भने हरेक बिहीबार उडान हुने बताइएको छ ।