काठमाडौं- साउदी अरबका लागि प्रश्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन् । 

आज संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रश्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताए । 

साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा उनको जोड रहेको छ । 

उनले आफुले यस विषयलाई उच्च महत्व दिएको समेत जिकिर गरे । त्यसैगरी नेपाल-साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उनको कार्ययोजना रहेको छ । 

दुतावासको भवन बनाउने, नेपाली कामदारहरुलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उनले कार्ययोजनामा उल्लेख गरेका छन् । 

प्रश्तावित राजदुत ढकालले दुतावासको आन्तरिक सेवा प्रवाहलाई सुदृढ गर्ने पनि बताए । 

त्यसैगरी नेपालको पर्यटकिय क्षेत्रहरुको प्रचार-प्रसार, विकासमा लगानी वृद्धि, प्रवासी नेपालीहरुको समस्या रोकथाम, न्युनिकरण र समाधानका लागि काम गर्ने पनि उनले बताए ।