काठमाडौं–वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारेर न्युजिल्याण्ड र उज्वेकिस्तानमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–६ का ३२ वर्षीय बुद्ध लामा र बर्दिया गेरूवा गाउँपालिका–२ का ४३ वर्षीय मान बहादुर चौधरी छन् । 

OM Sai Pathibhara Hospital

बुद्धले ७ जना पीडितबाट १० लाख र मान बहादुरले ६ जना पीडितबाट १२ लाख ५० हजार रूपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए । प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट बुद्धलाई धुलिखेल र मान बहादुरलाई गोंगबुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।