समाचार

    Showing 16,521-16,530 of 25,875 items.
  • सशस्त्र प्रहरी भावी आईजीपीको प्रतिस्पर्धा

    काठमाण्डौ   ।    सशस्त्रमा भावी आईजीपीको प्रतिस्पर्धा अहिलेदेखि नै चलेको छ। सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ ।गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ । यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ ।यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन् । त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन् ।गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 466 पटक पढिएको
  • प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ

    काठमाण्डौ  ।   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गरेका छन ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे । अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 418 पटक पढिएको
  • सहकारी ठगी आरोपमा निष्पक्ष छानबिन हुनुपर्छ, म सघाउँछु : सांसद गुरुङ

    काठमाडौं–नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको आरोपमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा उनले आफूमाथि लगाइएको गम्भीर आरोपप्रति आपत्ति जनाउँदै गृहमन्त्रालय र सम्बन्धित निकायलाई छानबिनका लागि अनुरोध गरेका हुन् । सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेको सन्दर्भमा गुरुङले आरोपबारे शीघ्र छानबिन गरी टुङ्गो लगाउन माग गर्नुका साथै आफू अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिम

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 456 पटक पढिएको
  • सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

    काठमाडौं–अवैध रूपमा भन्सार छली लुकाइ ल्याएको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट सोमबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ का ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ का ३० वर्षीय देवराज खत्री रहेका छन् ।समिर अहमदलाई हिमालय एयरलाइन्सको उडानमार्फत दोहाबाट काठमाडौं आउँदा करिब ५४ ग्राम तौलको सुनजस्तो देखिने ढिक्का, बेरूवा औंठी, र मोबाइलसहित पक्राउ गरिएको हो । देवराज खत्रीलाई २५ ग्राम सुन जस्तो देखिने धातुको सिक्री, मोबाइल र ल्यापटप सहित भन्सार छली गर्न खोज्दा पक्राउ परेका हुन् ।&nbs

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 424 पटक पढिएको
  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाउँदै पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । टोखा नगरपालिका-३ मनकामना निवासी ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । चुँडालले पोल्याण्ड पठाउने भन्दै एक जना पीडितबाट ३ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो।प्रहरीले उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको छ।

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 421 पटक पढिएको
  • ऊर्जामन्त्री भन्छन् : व्यवसायीले बिजुलीको पैसा तिर्नुपर्छ

    काठमाडौं–ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले व्यवसायीहरूले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् । खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री खड्काले उनले अपर अरुण जलविद्युत् परियोजनाको काम चाँडो सुरु गर्ने योजना प्रस्तुत गरेका छन् । मन्त्री खड्काले गरिब र विपन्न परिवारलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराएर स्थानीय सहभागिता बढाउने प्रयास भइरहेको जानकारी दिए । उनले सिँचाइ‚ विद्युत् उत्पादन‚ र सरकारी सेवामा सहुलियत उपलब्ध गराउने तयारी गरिरहेको पनि जानकारी गराएका छन् । सङ्खुवासभामा प्रत्येक घरले रु पाँच लाखको शेयर सुनिश्चित गर्न

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 389 पटक पढिएको
  • वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान, ३० गते फर्किने

    काठमाडौं–वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आज राति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा प्रस्थान गरेका छन् । ब्राजिल सरकार र संयुक्त राष्ट्रसंघअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने यो सम्मेलन भदौ २७ र २८ गतेसम्म जारी रहनेछ । सम्मेलनको उद्देश्य ‘दिगो उत्पादन र चलायमान अर्थतन्त्र अवधारणा’लाई सम्बोधन गर्दै समझदारी र अन्तर्राष्ट्रिय सहकार्य बढाउने छ । मन्त्री ठकुरीले भदौ २८ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन जलवायु परिवर्तन र अन्य सङ्क्रमण अवस्थाका बीच सहकार्य र स

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 422 पटक पढिएको
  • नागढुंगा : पहिरो हट्यो, जाम घटेन

    काठमाडौं–नागढुंगा नजिक खसेको पहिरो हटाइए पनि सवारी जामको समस्या अझै कायम छ । अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा हजो साँझ ५ बजेदेखि अवरुद्ध सडक राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको थियो । सडक अवरुद्ध हुँदा काठमाडौंबाट छुटेका तथा काठमाडौं आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए । पहिरो हटाइसकेपछि पनि सडकमै बिग्रिएको ट्रकले आवागमनलाई अवरुद्ध गरेको हो ।

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 310 पटक पढिएको
  • जसको कुनै सहकारी छैन, उसैलाई ठग भनियो : सभापति लामिछाने

    काठमाडौं – पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले सहकारीपीडितलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । धनगढीमा भएको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा, सभापति लामिछानेले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेको भन्दै पीडितको समस्या समाधान हुने बताएका हुन् । उनले समितिको प्रतिवेदनबाट आफूले संलग्नता प्रमाणित गरिने धारणा व्यक्त गर्दै भने, ‘जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ ।’ एक फरक प्रशंगमा पूर्वप्रधानमन्त्री र गृहमन्त्री लामिछानेले रास्वपाको प्

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 535 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक\दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशक

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 260 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.